Ministry of Forest and Environment
Department of Plant Resources
Plant Research Centre, Dhanusha
धनुषाधाम वनस्पति उद्यानमा शैक्षिक वाटिका व्यवस्थापन गरिएको छ । उक्त उद्यानमा हाल ८० वटा प्रजातीका जडीबुटी रोपण गरी संरक्षण गरिएको छ भने उद्यानमा नमूनाहरु थप गर्ने क्रम जारी रहेको छ । सबै प्रजातीकालागि छुट्टाछुट्टै प्लटहरु बनाई यिनीहरुको नेपाली नाम, स्थानीय नाम, Scientific name, Family तथा उपयोगबारे जानकारी झल्किने प्लेटहरु तयारी गरी राखिएको छ । स्कूल तथा कलेज पढ्ने एवं जडीबुटी सम्बन्धी रुची राख्ने जो कोहीलाई पनि यस बाटिकाले राम्रो जानकारी प्रदान गर्दछ । तराई क्षेत्रका प्रचलित जडीबुटीहरुबारे अध्ययन गर्नको लागि यो वाटिका एक नमूना वन्न सक्ने अपेक्षा गरिएको छ ।
धनुषाधाम वनस्पति उधानभित्र धनुष आकारको Sculpture निर्माण गरिनुका साथै त्यस भित्र एउटा पानीको फोहरा पोखरी पनि बनाइएको र उक्त वाटिकामा विभिन्न धार्मिक तथा शोभनीय वनस्पतिहरुको रोपण गरी आकर्षक स्वरुप प्रदान गरिएको छ । धनुषाधाम स्थलको परिचयात्मक आकृतिको रुपमा रहेको धनुष वाटिका धनुषाधाम वनस्पति उधानको मुख्य आकर्षणको रुपमा रहेको छ ।
जलीय वनस्पतिहरुको संकलन तथा संरक्षण गर्ने उदेश्यले धनुषाधाम वनस्पति उद्यानभित्र पोखरी निर्माण गरी त्यसमा विभिन्न प्रजातिका जलीय वनस्पतिहरु संरक्षण गरिएका छन् । बाहिरी स्वरुप निर्माणकै चरणमा रहेको उक्त पोखरीको निर्माण कार्यले पूर्णता पाउन सके जलीय वनस्पति उधान शैक्षिक र मनोरञ्जन दुबै दृष्टिकोणले महत्वपूर्ण हुन जानेछ ।
वनस्पति उद्यानभित्र विशेषगरी रुख प्रजातिका जीवित बिरुवाहरुको संकलन र संरक्षण स्थललाई Arboretum भनिन्छ । धनुषाधाम वनस्पति उधानमा रहेको मौजूदा अर्बोरेटममा विभिन्न स्थानबाट ३५ प्रजातिका रुख तथा झाडीदार विरुवा संकलन रोपण गरिनुका साथै वानस्पतिक पहिचान सहितको लेबल लगाई व्यवस्थापन गरिएको छ ।
वनस्पति र निश्चित समुदाय, वर्ग वा जातिका मानिसबीचको सम्बन्धको बैज्ञानिक अध्ययनलाई इथ्नोबोटनी भनिन्छ । परापूर्वकालदेखि नै मानिसले वनस्पतिलाई विभिन्न रुपमा प्रयोग गर्दे आएका छन् जस्तैः खाना, कपडा, पैसा, औषधि, रंग, निर्माण कार्य, सौन्दर्य, पूजाआजामा आदि । वनस्पति उद्यान धनुषाधाममा यस्तै सम्बन्ध झल्किने एउटा इथ्नोबोटानिकल बाटिका स्थापना गरिएको छ, जस्मा ETHNO–BOTANICAL GARDEN को डिजाइनमा ईटाले Raised Bed हरु बनाई माटोले भरी जडीबुटीहरु संकलन गरी त्यसमा रोपण गरिएको छ । उक्त बाटिकामा धनुषा जिल्लाका मुसहर र चमार समुदायमा वनस्पतिको परम्परागत औषधीय प्रयोग सम्बन्धी सङ्कलित जानकारीका आधारमा Alphabet मिल्ने गरी बेडमा जडीबुटीजन्य बिरुवाहरु रोपण तथा संरक्षण गरिएका छन् ।
धनुषाधाम वनस्पति उधानभित्र ३४ वटा वानस्पतिक परिवारका विभिन्न वनस्पतिहरुलाई तिनको Taxonomical पहिचानको आधारमा क्रममिलाएर रोपण तथा संरक्षण र व्यवस्थापन गरिएको छ । ट्याक्सोनोमिकल फेमिली वाटिकाले मुख्य गरी वनस्पतिको पहिचान र प्रणालीगत वर्गीकरणको बारेमा ज्ञान प्रदान गर्दछ ।
वनस्पति उद्यान धनुषाधाममा विभिन्न स्थानबाट फर्नको विरुवा संकलन गरि फर्न हाउसमा रोपण गरिएको । फर्नहरु चिस्यान बढी हुने ठाउमा राम्रो सप्रने भएको हुनाले एग्रोनेट र बाँस खरिद गरि फर्न हाउस निर्माण गरिएको र फर्न उद्यानको क्षेत्र विस्तार गरिएको । फर्नको नयाँ प्रजाती संकलन गरि थप गरिएको । फर्न हाउसलाई चिस्यान बनाई फर्नहरुको संरक्षण व्यवस्थापन गरिएको ।
धनुषाधाम वनस्पति उद्यानभित्र गुलाब उद्यानमा Rose को डिजाइनमा इट्टाको Raised bed तयार गरी माटो भरी विभिन्न प्रजाती र रगंका गुलाबका विरुवा संकलन तथा खरिद गरि रोपण तथा स्याहार सम्भार गरिएको छ ।
धार्मिक उद्यानमा तुलसी मठ वनाइएको छ भने विभिन्न विशिष्ट महानुभावहरुबाट धार्मिक विरुवाहरु जस्तै श्रीखण्ड, बेल, रुदाक्ष, साइकस, बाँस, अमला, राजबृक्ष, सुगन्धकोकिला, हर्राे, पलास, समी, स्वामी, अशोक, नारियल, तितेपाती, चाँदनी, सदाबहार, तुलसी, नीम, सीमल, आँक, गाँजा, अपामार्ग, कुश, बर, पिपल, कुसुम, आँप, अरहुल, परिजात, कपुर आदि रोपण भई इटाले घेरी माटो राखेको तथा धार्मिक श्लोक सहितको नेम प्लेट लगाई संरक्षण गरिएको छ ।
अरहुल उद्यानमा विभिन्न रगंका फुल फुल्ने बिरुवाहरु रोपण गरि स्याहार सम्भार तथा संरक्षण गरिएको छ ।
यस उधानभित्र घडीको आकार दिइ एउटा शोभनीय बगैँचा बनाइएको छ जसलाई Floral Clock वाटिका नामाकरण गरिनुका साथै विभिन्न मौसममा फुल्ने शोभनीय वनस्पतिहरु रोपण गरी आकर्षक स्वरुप प्रदान गरिएको छ ।
...
वनस्तपति उद्यान हामी सबैको हो......